३ भाद्र २०७७, बुधबार

काठमाडौँ, ३ भदौ । राजधानीको पूर्वोत्तर भागमा पर्ने गोकर्णेश्वर मन्दिरमा हरेक वर्ष कुसे औंसी एवम् बुबाको मुख हेर्ने दिन गोकर्णेश्वरमा हरेक वर्ष ठूलो मेला लाग्छ। तर यसवर्ष भने कोरोना भाइरसका कारण मठ मन्दिरहरु पूर्ण रुपमा बन्द छ ।

बुबाको निधन भएकाहरु आजका दिन गोकर्णेश्वर पुगेर पितृलाई तर्पण दिने प्रचलन छ। आज गोकर्णेश्वर पुगेर दिएको तर्पण पितृले प्राप्त गर्छन् र तृप्त हुन्छन् भन्ने हिन्दुहरुको मान्यता छ।

भाद्र औंसीका दिन मनाइने कुशे औंसीको दिनलाई बुवाको मुख हेर्ने दिन पनि भनिन्छ। आजको दिन आफ्नो जन्म दिने बुवालाई विशेष सम्मान गर्ने र बुवा नहुनेले नजिकको तीर्थमा गएर श्राद्ध, तर्पण, दान गर्ने परम्परा रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV