
कैलाली, ३ भदाै । अविरल वर्षाका कारण अछामको रामारोशन गाउँपालिका–५ स्थित कैलास खोलामा आएको बाढीले गाउँ नै बगाएकाे छ । मध्यरातमा कैलाश खोला आएको बाढीले रामारोशन सैनी बजारका २२ पसल बगाएका छन् ।
बाढीले १९ जना सम्पर्कविहीन भएको र चार जनाको शव भेटिएकाे गाउँपालिका अध्यक्ष झंकरबहादुर साउदले जनकारी दिनुभयाे ।
बाढीले गजड बजार, मुजा बगर र सैनी बजारमा बढी क्षति पुर्याएको छ । अहिले उद्धार भइरहेको जनाइएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ ।