३ भाद्र २०७७, बुधबार

एजेन्सी, ०३ भदौ । अफ्रिकी मुलुक मालीका राष्ट्रपति र प्रधानमन्त्रीसहित उच्च अधिकारीहरु बन्धकमा परेका छन् । ‘सैन्य कू’ को प्रयासमा सुरक्षाकर्मीले मालीका उच्च पदस्त राष्ट्रपति इब्राहिम र प्रधानमन्त्री बोउबोउ सिसेसहित उच्च अधिकारीहरुलाई बन्धक बनाएका हुन् ।

समाचार एजेन्सीहरुका अनुसार मंगलबार मालीका सुरक्षाकर्मीहरुले उनीहरुलाई नियन्त्रणमा लिएर बन्धक बनाएका हुन । मालिका सुरक्षाकर्मीहरु पारिश्रमिकका बारेमा असन्तुष्ट रहेका थिए ।

बिद्रोहीहरुसँग निरन्तर हिंसा बढ्दै जाँदा राष्ट्रपतिसँग सैनिकहरुरको बिमत्ति भएपछि यो अवस्था सृजना भएको हो ।
बिशेषगरी मालीको काती क्याम्पले माथिल्लो तहको आदेश मान्न तयार नभइ उल्टै राष्ट्रपति र प्रधानमन्त्रीको नियन्त्रणतर्फ लागेको हो ।

अन्तर्राष्ट्रिय तहमा भने यसको आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV