२ भाद्र २०७७, मंगलवार

एजेन्सी, २ भदौ । भारतको उत्तर प्रदेशका योगी सरकारका एक अर्का मन्त्री कोरोना संक्रमित भएका छन्।

स्वास्थ्य राज्यमन्त्री अतुल गर्गले आफैले ट्वीट गरेर संक्रमित भएकोबारे जानकारी दिएका छन् । अतुल गर्गले भने कि यस अघि उनले अगस्ट १५ मा आरटीपीसीआर टेस्ट गरेका थिए त्यतीखेर नकारात्मक आएको थियो । तर उनले फेरि सोमबार पनि आफ्नो परीक्षण गर्दा संक्रमण भएको पुष्टि भएको जनाइएको छ।

यस अघि योगी सरकारका आठ जना मन्त्रीहरू संक्रमित भइसकेका छन्। ती मध्ये दुई कमल रानी वरुण र चेतन चौहानको मृत्यु भइसकेको छ । यस अघि बीजेपी प्रदेश अध्यक्ष स्वतंत्र देव सिंह पनि कोरोना संक्रमित भइसकेका थिए।

भारतमा हालसम्म २७ लाख भन्दा बढी कोरोनाका केसहरू रिपोर्ट भइसकेका छन् भने करोना भाइरसको कारण हालसम्म करिब ५२ हजार व्यक्तिको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV