२ भाद्र २०७७, मंगलवार
  • रिया भण्डारी,

काठमाडौं, २ भदौ । आधुनिक चिकित्सा विज्ञानले कोरोना भाइरसको औषधि खोप पत्ता नलगाईसकेको अवस्थामा प्राकृतिक चिकित्सा, आयुर्वेद चिकित्साबाट पनि यो रोग निवारण र रोकथाममा गर्ने उपाय अपनाउन थालिएको छ ।

युरोपका केही मुलुकमा गरिएको अध्ययनले प्राकृतिक चिकित्साको जलनेती विधि कोरोना संक्रमणबाट बच्न प्रभावकारी देखिएको छ ।

युरोपमा बेलायती चिकित्सकले गरेको अनुसन्धानमा जलनेतीको र नुनपानीको गलाला ९गार्गलिङ० गर्दा कोरोना भाइरसले सताउने समय आधा कम भएको अनुसन्धानमा उल्लेख छ ।

के हो जलनेती ?

जलनेती योग विज्ञानमा माथिल्लो श्वास मार्ग सफा गर्नका लागि विकसित गराइएको प्राचीन शोधन पद्धति हो । यस पद्धतिमा हल्का मनतातो पानी एउटा नाकको प्वालबाट पठाएर अर्को नाकको प्वालबाट निकालेर पूरै श्वासमार्गलाई पखाल्ने गरिन्छ ।

शरीरमा भाइरसको संक्रमण हुन नदिन वा शरीरभित्र प्रवेश गरिसकेपछि पनि हानी गर्न नदिन रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउनुपर्छ ।

सरसफाईमा बिशेष ध्यान दिने ,मासमासु कम खाने ,दैनिक व्यायाम गर्ने बाहिर हिड्दा अनिवार्य मास्क प्रयोग गरौ संक्रमणबाट बचौ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV