२ भाद्र २०७७, मंगलवार

काठमाडौं, २ भदौ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको मंगलबार (आज) निधन भएको छ । राष्ट्रकवि घिमिरेको एक सय एक वर्षको उमेरमा मंगलबार (आज) साँझ ५ः५५ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

केही समयदेखि अस्वस्थ्य रहनु भएका घिमिरेको निजी निवास लैनचौरमा निधन भएको बताइएको छ ।

यसैबीच राष्ट्रकवि घिमिरेको अन्त्येष्टि भोलि विहान १० बजे गरिने भएको छ । अन्त्येष्टिमा नेपाली सेनाले विशेष सम्मान दिने भएको छ । उहाँको पार्थीव शरीरलाई आज राति सेनाले उहाँकै निवासमा राखेको छ ।

तस्वीर : रिया भण्डारी

प्रतिक्रिया दिनुहोस्

LIVE TV