२ भाद्र २०७७, मंगलवार
  • मनोज श्रीवास्तव,

कपिलवस्तु, २ भदौ । तौलिहवा–जीतपुर सडकखण्ड अन्तर्गत बाणगंगा नगरपालिकाको ओदारीमा सिमेन्ट बाकेको ट्रकबाट ३५ बोरा अबैध मल बरामद गरिएको छ ।

तौलिहवाबाट चार नम्बरतर्फ जादै गरेको ना ६ ख ३०९२ नम्बरको ट्रकमा ३५ बोरा अबैध भारतीय युरिया मल बरामद गरिएको हो । भारतमा उत्पादन भएको भीरा नामक युरिया मल बरामद गरिएको हो ।

ईलाका प्रहरी कार्यालय पिपराको टोलीले चेकजाच गर्नेक्रममा सिमेन्ट बोकेको ट्रकबाट उक्त मल बरामद गरिएको प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए । सो ट्रकले शिवराज नगरपालिकाको बिरपुरस्थित बिनायक सिमेन्ट उद्योबाट सिमेन्ट बाकेर चितवनका लागि हिडेको थियो ।

ट्रकले सदरमुकाम तौलिहवामा तस्करी गरी ल्याइएको उक्त मल लोड गरी जीतपुरको बाटो हुदै चितवन तर्फ लागेको थियो । ‘प्रहरीको टोलीले नियमित चेकचाज गर्दा ट्रकभित्र सिमेन्ट र ३५ बोरा भारतीय मल बरामद भएको हो’ प्रहरी नायब उपरीक्षक अधिकारीले भने ।

पक्राउ गरिएको ट्रक चालकसहित मल समेत सुठौली भन्सार चलान गरिएको उनले बताए । पक्राउ गरिएको ट्रक सहितका उक्त मलको मूल्य ३८ लाख कायम गरिएको सुठौली भन्सार कार्यालयका प्रमुख तीर्थराज पासवानले बताए ।

कृषकहरुहरु मलको लागि छटपटाई रहेका बेला जिल्लामा भने भारतीय मलको तस्करी मौलाएको छ । सरकारी अनुदानको मलका नपाएपछि केही कृषकहरुले भारतमा गई जोखिम मोलेर मल ल्याउने गरेका छन ।

तर, खुला सीमा नाकाको फाइदा उठाउदै तस्करहरुले रातको सयममा मोटरसाइल र साइकलको माध्यममा मल भित्र्याउने गरेका श्रोतले बताएको छ । ९३ किलो मिटरको खुला सीमाका कारण तस्करहरुले रातारात भारतीय मल भित्र्याउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV