२ भाद्र २०७७, मंगलवार
  • ज्योति कुमार पन्थी

बर्दिया, २ भदौ । बर्दिया जिल्लामा मंगलबार ३ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै बर्दिया जिल्लामा मंगलबार तिन सय ५ पुगेको छ । बर्दिया जिल्लामा मंगलबार गुलरिया नगरपालिकाका २ जना प्रहरी र बांसगढी नगरपालिकामा १ जना बैंक कर्मचारी गरी तीन जना थपिएका हुन् ।

पछिल्लो समय बर्दिया जिल्लामा समुदाय स्तरमा समेत कोरोना संक्रमण देखिए पछि जिल्ला प्रशासन कार्यालय बर्दियाले भदौ ५ गते राति १२ बजे सम्मका लागि निशेधाज्ञा जारि गरेको छ ।

जिल्ला प्रशसान कार्यालय बर्दियाले दिएको जानकारी अनुसार जिल्लाभर मंलबार सम्म १ सय ५२ पुरूष र ४६ जना महिला गरी कुल १ सय ९८ जना मानिसहरू क्वारेन्टाईनमा बसी रहेका छन् भने हाल जिल्लामा रहेका संक्रमित मध्ये २ सय ४८ जना कोरोना जितेर घर फर्किएका छन् ।

बर्दिया जिल्लामा मंगलबार सम्म कुल ५४ जना आईसोलेशनमा उपचारार्थ रहेको जिल्ला प्रशासन कार्यालय बर्दियाका सुचना अधिकारी नारायण ढकालले जानकारी दिनुभयो ।

बर्दियामा हाल सम्म ७ हजार ९ सय ९० जनाको पीसीआर परिक्षण गरियको छ भने परिक्षणा गरियका मध्य ४ सय ६६ जनाको रिपोर्ट आउन बाँकी रहेको समेत ढकालले जानकारी दिनु भयो । पछिल्लो समय बर्दियामा बैक कर्मचारीहरूमा एकाएक कोरोना संक्रमण देखिन थालेपछि प्रशासनले गुलरिया स्थित मुक्तिनाथ बिकास बैक, मैनापोखर स्थित सिटिजन बैक र बासगढि स्थित कुमारि बैक समेत शिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV