२ भाद्र २०७७, मंगलवार

एजेन्सी, ०२ भदौ । रुसले विकास गरेको भ्याक्सिनको तस्रो चरणको मानव ट्रायल चाँडै हुने भएको छ ।
रुसले गत हप्ता कोरोना भाइरसविरुद्धको भ्याक्सिनलाई अनुति दिएको स्पुतनिक ५ मा एक भिडियो जारी गरेको छ । रुसले यो भ्याक्सिनले कोरोना भाइरसलाई खतम गर्ने दाबी गरेको छ।यद्यपि वैज्ञानिकहरूले रुसको दावीमा चिन्ता व्यक्त गरेका छन्। स्पुतनिक ५ मा रूसी प्रत्यक्ष लगानी कोषद्वारा जारी एक ३८सेकंडको भिडियोले कसरी खोपले कोरोना संक्रमण खतम गर्छ भन्ने बारे देखाएको छ।

स्पुतनिक न्यूजका अनुसार खोप उत्पादनको भिडियो पनि जारी गरिएको छ। रसियाका राष्ट्रपति भ्लादिमीर पुटिनले रूसी रक्षा मन्त्रालय र गमालय संस्थानको खोप अत्यन्त प्रभावकारी रहेको र कोभिड महामारीबिरूद्ध शरीरमा प्रतिरक्षा प्रणालीको विकास गर्ने दाबी गरेका छन् ।

रसियाको टास समाचार एजेन्सीका अनुसार भ्याक्सिनको तीन चरणको मानव परीक्षण आगामी सातदेखि दश दिन भित्र सुरू हुन सक्छ। मस्को क्षेत्रमा आयोजित यस परीक्षणमा हजारौं व्यक्ति सहभागी हुनेछन्।

खोपको फेज १ र फेज २ परीक्षणहरू धेरै छिटो गतिमा गरिएको जनाइएको छ। फेज ३ ट्रायल सुरु हुनु अघि सरकारले खोपको स्वीकृति प्रदान गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV