२ भाद्र २०७७, मंगलवार
  • राम गोपाल तमखु

भक्तपुर, २ भदौ । भक्तपुर नगरपालिकामा चल्ने लोकल बस भोलिदेखि १५ गतेसम्म बन्द हुने भएको छ । मंगलवार भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको बैठकले भक्तपुर नगरपालिका भित्रका यातायातहरु १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो ।

नगरप्रमूख र यातायात व्यवसायीका प्रतिनिधिहरुको बैठकले सार्वजनिक यातायात बन्द गर्ने निर्णय गरेको हो । बैठकले विश्वव्यापी महामारीको रुपमा फैलिहरेको कोरोना भाइरस कोभिड १९ रोग नेपालमा पनि तीव्र गतिमा फैलिरहेको र उपत्यकामा पनि संक्रमितहरु तीव्र रुपमा बढिरहेको अवस्थामा समूदायमा कोरोनासंक्रमणको रोकथामको लागि लोकल बस सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

पछिल्लो समय भक्तपुरमा पनि संक्रमित बढ्दै गएको हुँदा संक्रमण समुदाय स्तरमा फैलिन नदिनको लागि भक्तपुर नगरबाट सञ्चालन हुने छोटो दुरीका सार्वजनिक यातायातहरु भोलिबाट भाद्र १५ गते सम्मका लागि पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको भक्तपुर नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV