२ भाद्र २०७७, मंगलवार

एजेन्सी , २ भदौ । चीनलाई गोप्य सूचना बेचेको आरोपमा अमेरिकी गुप्तचर संस्था सीआइएका पूर्व कर्मचारीलाई पक्राउ गरिएको छ ।चीनका लागि दुई दशकसम्म गोप्य तथा राष्ट्रिय सुरक्षासँग सम्बन्धित सूचना बेचेको पाइएपछि अलेक्जेन्डर युक चिङ मा नाम गरेका पूर्व सीआइए कर्मचारीलाई अमेरिकाको हुवावे राज्यबाट पक्राउ गरिएको हो ।

हङकङमा जन्मिएर अमेरिकाको अंगीकृत नागरिकता लिएका कर्मचारीले सन् १९८२ देखि १९८९ सम्म सीआईएमा काम गरेका थिए र त्यसपछि उनी शांघाईतिर बसाइ सरेका थिए । सन् २००१ मा उनी चिनियाँ गुप्तचर अधिकारीहरूसँगको भेटपछि हवाईमा बस्न थालेका थिए ।

चिनियाँहरूले मालाई ५० हजार डलर नगद दिएको भिडियो समेत सार्वजनिक भएको छ । माले गोप्य दस्तावेज पाउनका लागि एफबीआईमा पहुँच बनाउन खोजेको बताइएको छ । उनलाई सन् २००४ मा होनोलुलु फिल्ड अफिसमा भाषाविद्का रूपमा करारमा राखिएको थियो ।

उनले गोप्य सूचनाहरू कपी गरेको र चोरेको अनि चीन जाँदै ती दस्तावेज बुझाएको र नगद तथा महंगा उपहार लिएर फर्केको अमेरिकी सरकारको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV