२ भाद्र २०७७, मंगलवार
  • उत्तम पौडेल

पोखरा, २ भदौ । पोखरामा कोरोनाभाइरसका कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा -१६ का ८७ वर्षीय वृद्ध रहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराले जनाएको छ ।

८७ वर्षीय वृद्ध साउन ३२ गते उच्च ज्वरो र श्वास प्रश्वासको समस्या भइ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भर्ना भएका थिए । समस्या बढ्दै गएपछि उनलाई भदौ १ गते आईसीयूमा भर्ना गरिएको र उपचारको क्रममा भदौ २ गते बिहान १०ः४० मा मृत्यु भएको अस्पताल पोखराका निर्देशक डा.अर्जुन आचार्यले जानकारी दिनुभयो ।

पोखरामै गएराति तनहुँकी ५० वर्षीया केरोना संक्रमित महिलाको पनि मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV