विवादमा आइन्छ भन्दैमा सत्य कुरामा डर मानेर बोल्न छाड्नु हुँदैन स्वस्तिमा खड्का , नायिका



प्रकाशित मिति : Aug 18, 2020

काठमाडौं, २ भदौ । एक पछि अर्को चलचित्रले पछ्याइरहेको स्वस्तिमा खड्का विवाददेखि टाढा नै रहदै आएकी छिन् । चलचित्र क्षेत्रमा प्रवेश गरेदेखि नै खासै विश्राम लिनु नपरेकी स्वस्तिमा कमर्सियल र आर्ट दुवै खालका चलचित्रमा उनको उपस्थिति उस्तै रहदै आएको छ ।

कोरोना संक्रमण फैलिएसंगै सरकारले घोषणा गरेको लकडाउनको समयदेखि नै स्वस्तिमा पनि घरमा नै बसिरहेकी छन् । यो बिचमा केही म्यूजिक भिडियोमा काम गरेपनि उनी हाल भने सरकारको निर्देशनलाई पालना गरिरहेकी छिन् । सरकारले हाल आएर भेला र सभा सम्मेलन निषेध गरेपछि फुर्सदिलो समयमा कसरी स्वस्थ्य रहने भन्ने कुरामा नै आफुलाई समर्पित गरेको उनको भनाइ छ । उनले यसबीचको धेरै जसो समय फिल्म हेरेर नै विताएकी थिइन ।

न्युज २४ को नियमित प्रस्तुति ६ प्रश्नमा कुराकानी गर्दै स्वस्तिमाले विवादमा आउने व्यक्तिहरु ‘इन्टेन्शनल्ली’ विवादमा आउने नगरेको बताइन् । उनले कतिपय कुरा मिडिया, दर्शकको तर्फबाट विवादमा तानिने गरिएको धारणा व्यक्त गरिन । साथै उनले कुनै कुरामा विवादमा आइन्छ कि भन्ने डरले सत्य कुरामा बोल्नै छाड्न नहुने समेत बताइन् । उनले नेपोटिज हनु नराम्रो नभएको बताउँदै आफ्नो मान्छे सक्षम छ भने उसलाई अगाडि बढाउन खोज्नु गलत नभएको समेत प्रष्ट पारिन ।

कम पारिश्रमिकको विषयमा उनले साइन गर्ने बेलामा राम्रै साइन गराउने र दिने बेलामा नदिने गरेको गुनासो गरिन् ।
कुराकानी विस्तृतमा


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com