२ भाद्र २०७७, मंगलवार

काठमाडौँ, २ भदौ । भाद्र औंसीका दिन मनाइने कुशे औंसीको दिनलाई बुवाको मुख हेर्ने दिन पनि भनिन्छ । सोही दिन आफ्नो जन्म दिने बुवालाई विशेष सम्मान तथा मिष्टान्न भोजन गराउने गरिन्छ । बुवा नहुनेले नजिकको तीर्थमा गएर श्राद्ध, तर्पण, दान गर्ने परम्परा छ ।

‘पितृदेवो भव’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मान भन्ने धार्मिक मान्यताका आधारमा छोराछोरीले पितालाई विशेष सम्मान गर्छन । अन्य वर्षहरुमा कुशे औशीको केहीदिन पहिलेबाटै उपहार पसल तथा मिठाइ पसलमा भीड लाग्ने गर्थे तर यस वर्ष कोरोना भाइरसका कारण बजारमा चहलपहल तथा रौनकता आउन सकेको छैन ।

पर्वको दुई चार दिन अगावै नै भीडभाड रहने गरेपनि यसपाली निषेधाज्ञा र लकडाउन तथा संक्रमणका त्रासका कारण अधिकांश मिठाई पसलहरु सुनसान बनेका छन् ।

कुशे औशीमा आकर्षणको बस्तु मानिने मिठाइ पसलमा समेत ग्राहकको उपस्थिति नहुँदा व्यापार समेत खासै नभएको व्यापारीहरु बताउनछन् । मिठाई पसलेहरु होम डेलिभरीको सेवा राखे पनि कोरोनाका त्रासका कारण व्यापार नभएको व्यापारीहरु बताउछन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV