२ भाद्र २०७७, मंगलवार
  • सन्तोष काफ्ले

सुनसरी, २ भदौ  । धरानमा भदौ १० गतेसम्म लकडाउन थप गर्ने निर्णय भएको छ । समुदायममा कोराना सक्रमण फैलिएको सक्रमणको जोखिम कायम रहेको भन्दै धरानउपमहानगर पालिकामा भदौ १० गते सम्मको लागि लकडाउन थप गरिकएको हाे ।

धरान नगर कार्यलपालिकाको मंगलबार बसेको वैठकले भदौ १० गते राति १२ वजेसम्मको लागि लकडाउन थप गर्ने निर्णय गरेको धरान १३ नम्बर वडाका अध्यक्ष नेत्र काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार अत्यावश्यक सेवा वाहेर सबै बन्द रहने निर्णय गरिएकाे छ ।

‘कोरोनाको संक्रमण नरोकिएकोले लकडाउन थप गर्ने निर्णय गरेको हो,’ वडा अध्यक्ष काफ्ले भन्नुभयाे । यस अघिको लकडाउनमा तरकारी, दुध र खाद्यान्न पसल समेत बन्द गरेको भए पनि अबको लकडाउनमा भने तरकारी, दुध र खाद्यान्न पसल पसल बिहान ४ बजे देखी ८ बजेसम्म खोल्न पाउने र बाहिरबाट आउने अत्यावश्यक वस्तुहरु निर्यात गर्ने दिने निर्णय भएको अध्यक्ष काफ्लेले वताउनुभयो ।

तरकारी, दुध र खाद्यान्न पसल खोल्न पाउने भए पनि धरान ३ को पालिका बजार र धरान ९ को सब्जिबजार भने खोल्न नपाउउने उपमहानगर पालिकाले जनाएको छ । कार्यपालिका बैठकले धरान प्रवेश नाकामा कडाइ गर्ने तथा भारतबाट आलु तथा प्याज ल्याउदा सवारी अनिवार्य सेनिटाइजर गर्ने र सवारी चालक र सह चालकले पिसिआर गरेको हुनु पर्ने निर्णय गरेका १२ वडा अध्यक्ष काफ्लेले जानकारी दिनुभयो ।

धरानमा समुदाय स्तरमा कोरोना सक्रमण देखीपछि धरान साउन २२ देखि औषधी र स्वास्थ्य वाहेकका सबै बन्द गर्दै लकडाउन सुरु भएको थियो । पहिलो चरणको लकडाउनमा तरकारी, दुध र खाद्यान्न पसल खोल्न तथा आयत गर्ने निषेध गरेको थियो भने दास्रो चरणमा धरान क्षेत्रमा उत्पादन भएका तरकारी, दुध विक्री गर्न दिने गरि लक डाउन सुरु भएको थियो ।

साउन २२ गतेबाट सुरु भएको लकडाउन २९ गते पुन: भदौ ३ गतेसम्म थपिएको थियो । धरानमा ९५ जनामा कोराना सक्रमण देखिएको छ । धरानमा प्रत्येक दिन संक्रमितको संख्या बढ्दै गएको छ ।

यसैगरी सुनसरी अन्य ११ स्थानीयतहमा भदौ ७ गते सम्मका लागि लकडाउ गरिएको छ भने जिल्ला प्रशासन कार्यलय सुनसरीले पनि भदौ ७ गते सम्मका लागि जिल्ला भर निषेधाज्ञा जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV