२ भाद्र २०७७, मंगलवार
  • तारा आचार्य

विराटनगर, २ भदौ । प्रदेश १ सरकारलाई चौधरी फाउण्डेसनले पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गरेको छ । दिनहुँ लक्षण सहितका संक्रमितको संख्या बढ्न थालेपछि उपचारमा सहयोगको लागि भेन्टिलेटर उपलब्ध गराएको फाउण्डेसनले जनाएको छ ।

मंगलबार सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई चौधरी ग्रुपका वरिष्ठ प्रवन्धक रामजी कटुवालले एउटा पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गर्नुभएको हो । भेन्टिलेटर ग्रहण गर्दै मन्त्री घिमिरेले कोरोना नियन्त्रण सरकारबाट मात्रै संभव नभएकाले सवैको सहाकार्य आवस्यक रहेको बताउनुभयो । उहाँले सवैको सहकार्यमा कोरोनालाई नियन्त्रण गर्न सहजिले हुने बताउनुभयो ।

मन्त्री घिमिरेले संक्रमण बढेका स्थानहरुमा कोरोना नियन्त्रणका कामहरु भइरहेको बताउनुभयो । संक्रमण बढेसँगै प्रदेश सरकारले परीक्षणका लागि प्राथमिकता निर्धारण गरेको उहाँले बताउनुभयो । लक्षित समूहको परीक्षण गर्नेगरि प्राथमिकता निर्धारण गरिएको मन्त्री घिमिरेको भनाई छ ।

चौधरी फाउण्डेसनले देशभरी ८ वटा पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गर्ने योजना रहेको प्रवन्धक राम जी कटुवालले बताउनुभयो । उहाँले प्रदेश सरकारले सञ्चालन गरेको कोभिड अस्पताललाई भेन्टिलेटर हस्तान्तरण गर्ने कार्यक्रम अन्तर्गत कोशी कोभिडलाई उपलब्ध गराईएको बताउनुभयो ।

फाउण्डेसनले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई पनि एउटा पोर्टेवल भेन्टिलेटर उपलब्ध गराउने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV