२ भाद्र २०७७, मंगलवार

काठमाडौं, ०२ साउन । कोरोना भाइरस संक्रमणबाट नेपाली कांग्रेस नवलपरासी जिल्ला उपसभापति सुवाशचन्द्र गिरीको मृत्यु भएको छ । उपसभापति गिरीको उपचारको क्रममा पाटन अस्पताल ललिपुरमा मंगलबार बिहान मृत्यु भएको हो । ३८ वर्षीय गिरीको केहिदिन पहिल्यै बुटवलस्थित कोरोना अस्पतालमा गरिएको पीसीआर परीक्षणमा कोरोना भाइरस पोजेटिभ रिपोर्ट आएको थियो ।

त्यसपछि गत साउन ३० गते उहाँलाई पाटन अस्पताल रेफर गरिएको थियो । पाटन अस्पतालमा भेन्टिलेटरको सहायतामार्फत उपचार भइरहेको अवस्सथामा उहाँकाे मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । उहाँलाई गएरातिबाटै स्वासप्रश्वसमा समस्या देखिएको उपचारमा संलग्न चिकित्सकहरुकाे भनाइ छ ।

यसअघि नै उहाँको युनिभर्सल मेडिकल कलेज भैरहवामा पित्तथैलीको पत्थरीको शल्यक्रिया भएको थियो । नवलपरासी सुस्ता पश्चिमका गिरी तत्कालीन फोरम लोकतान्त्रिकका नेता हुनुहुन्थ्याे । तर कांग्रेस र फोरम लोकतान्त्रिकको एकीकरणपछि उहाँ नेपाली कांग्रेस नवलपरासी जिल्ल उपसभापति बन्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV