२ भाद्र २०७७, मंगलवार
  • इरफान अली

पर्सा, २ भदाै । पर्साकाे जगरनाथपुर गाउँपालिका- २ दसाैदाबाट सशस्त्र प्रहरीले ठुलाे परिमाणमा लागूऔषध चरेस बरामद गरेकाे छ ।

मंगलबार बिहान साढे पाँच बजेकाे समयमा बिओपि  (बाेर्डर आउट पाेष्ट) भिखमपुरबाट सशस्त्र प्रहरी निरीक्षक किसमान तामाङकाे कमाण्डमा खटिएकाे टाेलीले २० किलाे चरेस बरामद गरेकाे हाे ।

नेपालबाट भारततर्फ टाउकाेमा राखी लैजाँदै गरेकाे अवस्थामा गस्ती टाेलीलाई देखेपछि तस्करहरू सामान छाेडी भागेका थिए । बरामद चरेस आवश्यक कारबाहीकाे लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइने सप्रनि तामाङले बताउनुभयाे ।

निषेधाज्ञाकाे समयमा पनि लागूऔषधका तस्कर समुहले मकवानपुरकाे जडगल हुँदै पर्साका विभिन्न नाका प्रयाेग गरी भारत तर्फ ओसारिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV