२ भाद्र २०७७, मंगलवार

काठमाडाैँ, १ भदाै । पछिल्लाे समय काेराेना भाइरस (काेभिड- १९) संक्रमणकाे मुख्य केन्द्र भारत बनेकाे छ । त्यहाँ दैनिक संक्रमित र मृत्यु हुनेकाे संख्या अहिले विश्वमै सबैभन्दा धेरै रहेकाे छ ।

साेमबार भारतमा एकै दिन ५४ हजार २८८ नयाँ संक्रमित थपिएका छन् भने काेराेना संक्रमणबाट ८८० जनाकाे ज्यान गएकाे छ । त्यहाँ आइतबार पनि एकैदिन ५८ हजार १०८ जना नयाँ संक्रमित फेला परेकाे थिए भने ९६१ जनाकाे ज्यान गएकाे थियाे । वर्ल्डाेमिटर्सकाे तथ्यांकअनुसार भारतकाे याे दैनिक संक्रमित र मृत्यु संख्या अन्य देशकाे भन्दा सर्वाधिक हाे ।

यससँगै अहिलेसम्म भारतमा काेराेना संक्रमित हुनेकाे संख्या २७ लाख नाघेकाे छ । मंगलबार बिहानसम्म त्यहाँ कुल २७ लाख १ हजार ६०४ जनामा संक्रमण फैलिसकेकाे वर्ल्डाेमिटर्सले जनाएकाे छ । भारतमा ज्यान गुमाउनेकाे कुल संख्या पनि ५१ हजार ९२५ रहेकाे छ  । यसैगरी निकाे हुनेकाे संख्या पनि १९ लाख ७६ हजारभन्दा बढी रहेकाे छ । साेमबार मात्र त्यहाँ ५८ हजार १०२ जना निकाे भएका छन् । अहिले ६ लाख ७३ हजारभन्दा बढीमा काेराेना भाइरस सक्रिय रहेकाे छ ।

हालसम्म काेराेना भाइरसबाट सर्वाधिक संक्रमित र मृत्यु संख्या भने संयुक्त राज्य अमेरिकामा रहेका छन् । यद्यपि पछिल्लाे समय त्यहाँ दैनिक मृत्यु संख्या र संक्रमित संख्यामा कमी देखिएकाे छ, जसअनुसार भारतपछिकाे दाेस्राे लहरमा रहेकाे छ ।

त्यसपछि बढी प्रभावित तथा दैनिक संक्रमित एवं मृत्यु संख्यामा ब्राजिल रहेकाे छ । त्यहाँ पछिल्लाे समय दैनिक मृत्यु र संक्रमित संख्यामा कमी आउन थालेकाे छ ।

साेमबार अमेरकामा ४० हजार ६१२ नयाँ संक्रमित फेला परेका छन् भने ५८९ जनाले ज्यान गुमाएका छन् । यसैगरी ब्राजिलमा साेमबार एक दिनमा २३ हजार ३८ जना मात्र संक्रमित थपिएकाे तथ्यांकले देखाउँछ । त्यहाँ साेमबार काेराेनाका कारण ७७५ काे मृत्यु भएकाे छ । आइतबार भने अमेरिकामा ३६ हजार ८११ संक्रमित थपिएका थिए,  ब्राजिलमा २२ हजार ३६५ संक्रमित थपिए । ती दुवै देशमा आइतबार एक दिनमा ज्यान गुमाउनेकाे संख्या भने क्रमशः ५२२ र ५८२ जना रहेकाे थियाे ।

संक्रमण बढिरहेकाे देशकाे लहरमा छन्- काेलम्बिया, रूस, अर्जेन्टिना मेक्सिकाे, फिलिपिन्स, इराक, बंगलादेश, इरान तथा दक्षिण अफ्रिका । यी देशमा दैनिक संक्रमणका केसहरू १० हजारभन्दा कम र २ हजारभन्दा बढी देखिएका छन् ।  साेमबार काेलम्बियामा ८ हजार ३२८ नयाँ संक्रमित थपिएका छन् भने त्यहाँ २७५ जनाले ज्यान गुमाएका छन् ।

सर्वाधिक दैनिक संक्रमण देखा परेका १० देश

प्रतिक्रिया दिनुहोस्

LIVE TV