१ भाद्र २०७७, सोमबार

कास्की, भदौ १ । कोरोना भाइरसको संक्रमण रोकथामका लागि गण्डकी प्रदेशमा मंगलबार रातिदेखि भदौ ७ गतेसम्म निषेधाज्ञा जारी गरिने भएको छ ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमवार अपराह्न बसेको प्रदेश संकट व्यवस्थापन केन्द्रको बैठकले प्रदेशका पोखरा लगायत विभिन्न जिल्लाहरुमा आवश्यकता अनुसार निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरसको संक्रलमण तीव्र गतिमा देखिएपछि प्रदेशका सबै जिल्लामा निषेधाज्ञा जारी गरिएको जनाइएको छ । कास्कीमा समुदायमा संक्रमण फैलिसकेको बताइएको छ ।

अरु ठाउँमा भन्दा पोखरामा कडा खालको बन्दाबन्दी गरिने भएको छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV