१ भाद्र २०७७, सोमबार

एजेन्सी, ०१ साउन । भारतका चर्चित शास्त्रीय गायक पण्डित जसराजको ९० वर्षको उमेरमा निधन भएको छ ।जसराजको निधन सोमबार ९० वर्षको उमेरमा अमेरिकामा भएको जनाइएको छ । न्युजर्सीमा रहेको आफ्नै घरमा हृदयघातका कारण उनको सोमबार बिहान निधन भएको परिवारक स्रोतले जनाएको छ ।

जसराज पद्म श्री, पद्म भूषण र पद्म विभूषणलगायतका धेरै पुरस्कारहरुबाट सम्मानित भएका थिए । उनको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनको गहिरो दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV