१ भाद्र २०७७, सोमबार
  • मनोज श्रीवास्तव

कपिलवस्तु, १ भदौ । सुद्धोदन गाउँपालिकाको लवनी चौराहामा मास्क नलगाउनेलाई कारबाही गर्न खोज्दा प्रहरीमाथि आक्रमण भएको छ । कोरोना संक्रमणबाट जोगिन मास्क प्रयोग अनिवार्य गरिएको र मास्क नलगाउने युवाहरुलाई कारबाही गर्न खोज्दा आक्रमण हुँदा हवल्दार सहित ३ जनाको टाउको फुटेको हो । लवनी प्रहरी चौकीमा कार्यरत हवल्दार सहितको टोलीले मास्क नलगाई हिड्ने युवाहरुलाई कारबाही गर्दा ३ जनाको टाउको फुटाइदिएका हुन् ।

घाईते भएका प्रहरी हवल्दार बिनोद कुमार बरुन, प्रहरी जवानहरु जियावन कोहार र महेन्द्र यादवको उपचार भइरहेको प्रहरीले जनाएको छ । ओरापीको पहिचान भएको छ, प्रहरी उपरीक्षक नवराज अधिकारीले भन्नुभयो । आरोपीहरु भागेको र आरोपीहरुको खोजीभईरहेको अधिकारीले जानकारी दिनुभयो । ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV