१ भाद्र २०७७, सोमबार
  • तारा आचार्य

विराटनगर १ भदौ । विराटनगर स्थित कोशी अस्पतालमा एकजना कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ ।
शनिबार राति अस्पताल भर्ना भएका विराटनगर ८ मधुमाराका ४७ बर्षका पुरुषको आइसोलेसनमा उपचारकै क्रममा सोमबार साँझ ५ः३० बजे मृत्यु भएको कोशी अस्पतालले जनाएको छ ।

ज्वरो रुघाखोकी र श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो र उनको कोरोना संग मिल्दो जुल्दो लक्षण देखिएका कारण स्वाब संकलन गरी परीक्षण गर्दा पीसीआर रिपोर्ट पोजेटिभ आएको कोशी अस्पतालका सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिनु भयो।

उहाँले विरामी भर्ना हुना साथ लक्षण देखिएकाले स्वाब टेष्ट गराइएको बताउनु भयो । उनलाई आइसोलेसनमा राखेर उपचार गराइएको थियो स्वास्थ्यमा जटिल समस्या भएका कारण उनको मृत्यु भएको सो अस्पतालले जनाएको छ ।

मृतकको शव व्यवस्थापन मोरङको थलाह स्थित नेपाली सेनाको सूर्य दल गणले गरेको छ । यो संगै विराटनगरमा मृत्यु हुनेको संख्या ८ पुगेको छ भने मोरङमा ११ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV