१ भाद्र २०७७, सोमबार

काठमाडौँ, १ भदौ । वागमती प्रदेशसभाकी उपसभामुख राधिका तामाङलाई कोरोना संक्रमण पुष्टि भएको छ । हेटौँडा–१० मा स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रादेशिक प्रयोगशालाबाट प्राप्त भएको रिपोर्टअनुसार मकवानपुरमा उपसभामुख तामाङसहित १६ जनालाई सङ्क्रमण पुष्टि भएको हो ।

तामाङको ३ दिनअघि स्वाब लिइएको थियो । सङ्क्रमण पुष्टि भएपछि उपसभामुख तामाङ हेटौंडामा रहेको सरकारी आवासमा सेल्फ आईसोलेशनमा बस्नुभएको छ ।

काठमाडौंमा बैठकमा सहभागी भएर हेटौंडा फर्किनुभएको उहाँमा कोरोना पुष्टि भएको हो । आफूसँग सम्पर्कमा आएका सबैलाई जानकारी गराएको बताउँदै उहाँले सबैलाई सतर्क रहन आग्रह गर्नुभएको छ ।

उहाँलाई सामान्य रुघाखोकी देखापरे पनि अन्य केही समस्या देखिएको थिएन ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV