१ भाद्र २०७७, सोमबार

काठमाडौं, ०१ भदौ । कोरोना भाइरसलाई मध्यनजर गर्दै इन्द्रजात्रा व्यवस्थापन समितिसहित २७ वटा स्थानीय गुठी खलहरूले यस वर्षको इन्द्र जात्रा स्थगित गर्ने निर्णय गरेको छ।काठमाडौंको प्रसिद्ध जात्रा इन्द्रजात्रामा परम्परा अनुसार सामान्य पूजाआजा मात्र गरिने र भक्तपुरको नालाको लिंगो गुठी सामुदायिक वनबाट लिंगो नकाट्ने र लिंगो नउठाउने निर्णय भएको बताइएको छ ।

सरकारले कोरोना भाइरस रोकथामका लागि कुनै सामूहिक चाडपर्व नमनाउन निर्देशन जारी गरेको अनुसार जात्रालाई स्थगित गरिएको जनाइएको छ। यस पटक सार्वजनिक स्थलमा प्रदर्शन हुने लाखेनाच, पुलुकिसि लगायत प्याँख (नाच)हरू कुनै पनि नगरिने भएको छ।

क्षमा पूजा, दैनिक पूजा सीमित मान्छे रहेर पूजा गर्ने निर्णय भएको जनाइएको छ।

LIVE TV