१ भाद्र २०७७, सोमबार
  • ज्योति कुमार पन्थी

गुलरिया, १ भदौ । बर्दिया जिल्लामा सोमबार एकै दिन १० जना कोरोना संक्रमित थपिएका छन् । योसंगै बर्दिया जिल्लामा संक्रमितको संख्या ३ सय २ पुगेको छ । पछिल्लो समय बैंकका कर्मचारीहरूमा तीब्र रूपमा संक्रमण फैलिएको छ ।

अहिले सम्म जिल्लामा कुल २ सय ४८ जना कोरोना जितेर घर फर्किएका छन् । बर्दिया जिल्लामा पछिल्लो समय संक्रमण फैलन थालेका कारण जटिल स्थिति रहेको देखिएको छ । जिल्ला भर सोमबार ठाकुरबाबा नगरपालिकामा ४, बारबर्दिया नगरपालिकामा १, गुलरिया नगरपालिकामा २ र गेरूवा गाउँपालिकामा २ गरी संक्रमितको संख्या ३ सय २ पुगेको हो ।

LIVE TV