
- कृष्ण बिष्ट
बैतडी, १ भदौ । बैतडीमा होमपाइप हाल्नको लागि निर्माण गरिएको खाडलमा परि २ बालकको मृत्यु भएको छ ।
देहीमाण्डौं–गिरेगडा सडकखण्ड अन्तर्गत दशरथचन्द नगरपालिका २ सुन्दरखालीमा होम पाइप राख्नका लागि बनाइएको खाल्डोमा डुबेर देहीमाण्डौंका राम लावडका १४ बर्षीय छोरा अंकित लाबड र तारा लावडका छोरा ११ बर्षीय सन्दीप लावडको मृत्यु भएको हो ।
होम पाइप राख्नका लागि बनाइएका खाल्डोमा बर्षातको पानी जमा भएको र खेल्ने क्रममा आज दिउँसो साढे चार बजे तिर खाल्डोमा डुबेर दुवै जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पानि जमेको खाल्डो वरीपरि खेलिरहेको अवस्थामा उक्त घटना घटेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरिक्षक नारायण प्रसाद अधिकारीले जानकारी दिनुभयो ।