१ भाद्र २०७७, सोमबार

एजेन्सी, ०१ भदौ । दक्षिण कोरियामा चर्चसँग सम्बन्धित कोरोना संक्रमित घटनाहरूको संख्या ३ सय १९ पुगेको छ। यो जानकारी रोग नियन्त्रण केन्द्रको प्रमुख कार्यालयबाट प्राप्त भएको जनाइएको छ ।

चर्च प्रमुख, जुन–क्वांग–हूनमा कोरोना संक्रमण भेटिएपछि त्यहाँका सरकारले चर्चले आयोजना गरिएको र्यालीमा सहभागी भएकाहरु सबैलाई क्वारेन्टाइनमा पठाउने भएको छ । पादरी रेभ जु क्वोंग–हुनमाथि राजधानी सोलमा सरकारविरोधी र्यालीमा सामेल हुन मानिसहरूलाई आग्रह गरेर आइसोलेशनको नियम भंग गरेको आरोप लगाइएको छ।

राष्ट्रपति मू जा–इनले र्यालीमा भाग लिने चर्चका सदस्यहरूको आलोचना गरेका छन्। उनले ति व्यक्तिहरूले अरुको ज्यान जोखिममा पार्ने अनपेक्षित अपराध गरेको आरोप पनि लगाएका छन् ।

उप स्वास्थ्य मन्त्री किम गंग –ओठले एक प्रेस सम्मेलनमा भने, ३ हजार ४ सय व्यक्तिहरू जुलुसमा उपस्थित थिए र उनीहरूलाई क्वारेन्टाइनमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV