१ भाद्र २०७७, सोमबार
  • तारा आचार्य

विराटनगर, १ भदौ । विगत ५ महिना देखि नेपालमा लकडाउन भइरहेको छ लगातार लकडाउनको समयमा पनि विराटनगर भन्सार कार्यालयले साउन महिनामा लक्ष्यको करिब ८० प्रतिशत भन्सार राजस्व संकलन गरेको बताएको छ ।

सो भन्सार कार्यालयलाई साउन महिनाका लागि २ अरब ७८ करोड ५४ लाख रुपैया लक्ष्य तोकिएकोमा २ अरब २४ करोड ३२ लाख रुपैया भंसार राजस्व संकलन गरेको विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शिव प्रसाद भण्डारीले जानकारी दिनुभएको छ । उहाँले लकडाउन भएर राजस्व संकलनमा अवरोध भएको बताउनु भएको छ । उहाँले अन्य महिनामा भन्दा साउन महिनामा लक्ष्य भन्दा बढी भंसार राजस्व संकलन गर्ने स्थिति रहेको बताउनु भयो ।

विराटनगर भन्सार कार्यालयलाई आर्थिक वर्ष ०७७/७८ का लागि ४६ अरब १४ करोड ९५ लाख रुपैया भन्सार राजस्वको लक्ष्य तोकिएको छ । समुदायमा कोरोना संक्रमण अत्याधिक देखिन थालेपछि केही खुकुलो भएको लक डाउन पुनः विभिन्न स्थानीय तहहरुले कोरोना संक्रमण नियन्त्रण गर्नको लािग लकडाउन र निषेधाज्ञा जारी गरेपछि उद्योगधन्दा संचालनमा कठिनाई भईरहेको छ ।

सोमबार विराटनगर भन्सार कार्यालयका ४ जना कर्मचारीहरुलाई कोरोना पोजेटिभ पाइएपनि भन्सार कार्यालय संचालनमा कुनै अवरोध नआएको प्रमुख भन्सार अधिकृत भण्डारीले जानकारी दिनुभयो । उहाँले कार्यालय संचालनमा अवरोध आउन नदिन स्वास्थ्य सतर्कता अपनाएर मात्र कार्यालय प्रवेशको व्यवस्था मिलाइएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV