१ भाद्र २०७७, सोमबार

एजेन्सी, ०१ भदौ । दक्षिण कोरियामा चर्चका प्रमुख पादरी कोरोना पोजिटिभ रहेको जनाइएको छ। उनीमाथि सेल्फ आइसोलेशनको नियमहरू तोड्न मानिसहरूलाई उक्साएको आरोप लागेको छ।

यो समाचार स्थानीय वेबसाईट योनहपमा उल्लेख छ। तर पास्टरको कोरोना टेस्ट भएको समयकोबारे स्पष्ट नभएको जनाइएको छ। पादरी रेभ जु क्वोंग–हुनमाथि राजधानी सोलमा सरकारविरोधी र्यालीमा सामेल हुन मानिसहरूलाई आग्रह गरेरआइसोलेशनको नियमहरू भंग गरेको आरोप लगाइएको छ।

यो घटनापछि दक्षिण कोरियामा ३ सय नयां संक्रमितहरु फेला परेको जनाइएको छ। राष्ट्रपति मू जा–इनले र्यालीमा भाग लिने चर्चका सदस्यहरूको आलोचना गरेका छन्। उनले र्यालीमा सहभागी भएकाहरुलाई अरुको ज्यान जोखिममा पार्ने अनपेक्षित अपराध गरेको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV