१ भाद्र २०७७, सोमबार

काठमाडौं, १ भदौ । मुलुकमा थप ५ सय ८१ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ५ सय ८१ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या २७ हजार २ सय ४१ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोसी अस्पताल विराटनगर प्रयोगशालामा मोरङका ७ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा काठमाडौंका २, मोरङका २२, झापाका ६, सुर्खेत र तनहुँका १ जना, बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा मोरङका ११, धनुषाका १, झापाका १ जना र सनसरीका ३१ जनामा संक्रमण देखिएको छ ।

नारायणी अस्पतालमा भएको परीक्षणमा बाराका ५, पर्साका ६ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बाराका ३५, भक्तपुरका १ जना, काठमाडौंका २०, ललितपुरका ३,पर्साका २, रौतहटका ३, सर्लाहीका १२, सिन्धुपाल्चोका ५ जनामा संक्रमण देखिएको छ । शुक्रराज ट्रपिकल अस्पताल टेकुमा भएको परीक्षणमा बारका २, भक्तपुरका २, काठमाडौंका २०, ललितपुरका ४ जना, पर्साका १, रौतहटका ८,सर्लाहीका १ जना , चितवनका १ जनामा संक्रमण देखिएको छ ।

यता, किटजन्य प्रयोगशाला हेटौंडामा मकवानपुर ३, सर्लाहीका २ जनामा संक्रमण देखिएको छ । धुलिखेल अस्पतालमा भएको परीक्षणमा बाराका १४, काठमाडौंका २, पर्साका ५८, काभ्रेका ४ जना, नेपाल कोरिया मैत्री अस्पतालमा भक्तपुरका २, काठमाडौंका ९, ललितपुरका २ र पर्साका २ जनामा संक्रमण देखिएको छ । यता, प्रहरी अस्पतालमा भएको परीक्षणमा काठमाडौंका १७, लतिलपुरका १ जना, वीर अस्पतालमा बाराका १, काठमाडौंका ११, पर्सा र सप्तरीका १ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, केएमसी अस्पतालमा भक्तपुरका १, काठमाडौंका ४, ललितपुरका १ जना, त्रिवि शिक्षण अस्पतालमा भएको परीक्षणमा भक्तपुरका १ जना, काठमाडौंका ११, महोत्तरीका १ जना,पर्सा, रुपन्देही, धादिङका २ जना, सर्लाही, तनहुँ र नुवाकोटका १ जनामा कोरोना पुष्टि भएको छ । यता, स्टार अस्पताल ललितपुरमा भएको परीक्षणमा बाराका १, भक्तपुरका २, दाङका १, काठमाडौंका ७, ललितपुरका ३, धनुषा, मकवापनुर, झापाका १ र धादिङका २ जना, वीद ल्याब बाराका १, भक्तपुरका १ जना, काठमाडौंका ६ जना, ललितपुर १ जना र पर्साका ३ जनामा संक्रमण देखिएको छ ।

यता, विरेन्द्र सैनिक अस्पतालमा कास्कीका १, काठमाडौंका ७ जना, एपीएफमा काठमाडौंका ६ जना, सोर्या हेल्थ केयर काठमाडौंमा भक्तपुरका १, काठमाडौंका १ पर्साका १ जना र ह्याम्स अस्पतालमा भक्तपु्रका ३, काठमाडौंका १६, महोत्तरी र पर्साका १ जना, धनुषका १ जनामा संक्रमण देखिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कास्कीका १ जना, प्रादेशिक क्षयरोग केन्द्र पोखरामा भएको परीक्षणमा कास्कीका १२ जना, नवलपुर पूर्वका १ जना र स्याङजाका ४ जना र लुम्बिनी प्रयोगशालामा नवलपरासी पश्चिमका १ जना, रुपन्देहीका १० जना, कपिलवस्तुका १ जनामा संक्रमण देखिएको छ ।

यता, रुपन्देही प्रयोगशालामा प्यूठानका २८, रुपन्देहीका ९ जना र अर्घाखाँचीका १ जना, भेरी अस्पतालमा बाँकेका २४, सल्यानका १ जना, राप्ती विज्ञान प्रतिष्ठान दाङ प्रयोगशालाबाट दाङका १ जनामा संक्रमण पुष्टि भएको छ । दैलेख पीसीआर दैलेखमा दैलेखका १ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा जुम्लाका ३ जनामा संक्रमण देखिएको छ । यता, डडेल्धुरा अस्पताल डडेल्धुरामा डडेल्धुराका १ जना र सेती प्रादेशिक अस्पताल प्रयोगशालामा भएको परीक्षणमा कैलालीका १६, कञ्चनपुरका १२ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV