१ भाद्र २०७७, सोमबार

एजेन्सी, ०१ भदौ । चिनियाँ भ्याक्सिन कम्पनी क्यान्सिनो बायोलजिक्स कर्पोरेशनले कोरोना खोप Ad5-nCOV को पेटेन्टको लागि स्वीकृति प्राप्त गरेको छ। यो जानकारी चीनको सरकारी अखबार ग्लोबल टाइम्सले दिएको छ।११ अगस्तमा चीनको बौद्धिक सम्पत्ति नियामक प्राधिकरणले क्यान्सिनोलाई खोपको पेटेन्टको लागि स्वीकृति दिएको छ। चीनले पहिलो पटक कोभिड १९ को लागि खोप अनुमोदन गरेको जनाइएको छ ।

यद्यपि यसलाई वैज्ञानिक उपलब्धि भन्दा व्यापारिक उपलब्धिको रूपमा लिएको छ । वाल्टरका प्राध्यापक पेलेग्रिणी र एलिजा हल इन्स्टिच्युट अफ मेडिकल रिसर्चले द गार्जियन अखबारलाई भने, ‘यस पेटेन्टको कारण अब कसैले पनि यो खोपको प्रतिलिपि गर्न सक्ने छैन, तर पेटेन्ट क्लिनिकल परीक्षणहरूमा अगाडि बढ्नको लागि आवश्यक मापदण्ड छैन ।’

पेलेग्रीनीले पनि औल्याए कि केही हप्ता अघि यस खोपको बारेमा समाचार मेडिकल जर्नल लान्सेटमा प्रकाशित भएको थियो। त्यो समय अक्सफोर्ड समूहले उनीहरूको भ्याक्सिनको बारेमा जानकारी प्रकाशित गरेको थियो।

दुबै खोपले कोरेना भाइरसबिरूद्ध प्रतिरोध बढाउन एडेनोभायरसको प्रयोग गरिएको छ । साउदी अरेबियाले यो महिना क्यान्सिनोको खोपको तेस्रो चरणको परीक्षण गर्ने योजना बनाएको बताएको छ। उहि समयमा क्यान्सिनोले भने, रसिया, ब्राजिल र चिलीसँग पनि ट्रायलको तेस्रो चरणको बारेमा कुरा गर्दैछ।

खोप स्वीकृत भएको खबर पाएपछि सोमबार बिहान क्यान्सिनोको हङकङको सेयरमा १४ प्रतिशले र शंघाईको सेयरमा दिउँसोसम्म ६.६ प्रतिशतले वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV