१ भाद्र २०७७, सोमबार
  • केदार शर्मा

चितवन, १ भदाै । चितवनमा जारी निषेधाज्ञा उल्लंघन गरेपछि सोमबार प्रहरीले हवाई फायर गरेको छ । प्रहरीले चितवनको राप्ती नगरपालिका वडा नम्बर एक लोथरमा दुई सय भन्दा बढीको संख्यामा स्थानीय उपस्थित भएपछि हवाइफायर गर्नु परेको चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले जानकारी दिनु भयो ।

जारी निषेधाज्ञा उल्लंघन गर्न खोजेपछि भीड तितर बितर गराउन प्रहरीले एक राउण्ड हवाई फायर गरेको थियो । स्थानीय एक महिलालले त्यहाँ रहेको ढुङ्गा लगेको पुजाको लागि लगेको र फर्ता गर्न भन्दै स्थानीय जम्मा भएका थिए । जम्मा भएका स्थानीयले उक्त ठाँउको देउता फिर्ता चाहिने भन्दै प्रदर्शन गर्न खोजेपछि हवाइ फायर गरि स्थिति सामान्य अवस्थामा आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV