१ भाद्र २०७७, सोमबार
  • अमर काफ्ले

इनरुवा, १ भदाै । औराबनीमा संचालनमा रहेको सीजी फुड्स प्रा.लि.मा कार्यरत चारजना कामदारसहित सुनसरीमा नयाँ ३२ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय सुनसरीले दिएको जानकारी अनुसार पछिल्लो अवस्था सम्म प्राप्त रिपोर्ट अनुसार जिल्लाबाट स्वाब संकलन गरिएका मध्ये ३२ जना नयाँ संक्रमित थपिएका छन् ।

औराबनीमा संचालनमा रहेको चाउचाउ उद्योगका कामदारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै गाउँपालिकाले उक्त उद्योग बन्द गराउने तर्फ पहल थालेको छ ।

३ सय बढी कामदार कार्यरत सीजी उद्योगका कामदारमा संक्रमण देखिए पछि समुदायमा जोखिम बढेको भन्दै उद्योग बन्द गर्ने तर्फ प्रकृया अघि बढाइएको प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार चौधरीले बताए ।

कामदारहरुलाई कार्यालयभित्रै राखेर उद्योग संचालन गर्नुपर्ने भए पनि सीजीमा कार्यरत कामदार भने घरबाटै आउजाउ गर्दै आएको गाउँपालिकाले जनाएको छ ।

यसैगरी जिल्ला प्रहरी कार्यालय सुनसरीका २ थुनुवामा समेत कोरोनाको संक्रमण पुष्टि भएको छ । यो सँगै सुनसरीमा कुल संक्रमितको संख्या ३ सय ३२ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV