१ भाद्र २०७७, सोमबार
  • दान बहाुर बुढा

मुगु, १ मुगु । हिमाली जिल्ला मुगुमा रहेका व्यापारीहरुको हक-हित संरक्षणका लागि स्थापना भएको मुगु उद्योगा वाणिज्य संघले कोभिड-१९ (कोरोनाभाइरस)बाट बँच्नको लागि ७ बुँदामा अनुरोध गरेको छ ।

सोमबार बिहान जिल्ला उद्योग वाणिज्य संघ मुगुको कार्य समितिको बैठकले महामारीको रुपमा फैलिरहेको कोभिड-१९ बाट मुगु जिल्लामा रहेका स्थानीयबासी र व्यापारीहरुलाई कोरोना भाइरसबाट बच्न तथा बचाउनका लागि अनिवार्य रुपमा मास्क, पञ्जा, प्रयोग गर्नुपर्ने, नगद कारोबार गर्दा साबुन-पानीले हात धुने वा सेनिटाईजर प्रयोग गर्ने, भुक्तानिको कारोबार सकेसम्म अनलाईन वा विद्युतीय माध्यमबाट गर्ने, सामान ढुवानी गर्दा ड्राईभर तथा हेल्परबाहेक अन्य अपरिचित व्यक्तिलाई प्रयोग नगर्ने, सामान्य समस्या आएपछि घरायसी विधि अपनाउने र कोभिड १९ को लक्षण देखा परेमा यथाशीघ्र स्वास्थ्य संस्थामा सम्पर्क गर्ने लगायत अनुराेध गरिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV