१ भाद्र २०७७, सोमबार
  • भगतराम थारू

बाँके, १ भाद्र । नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १ का वडाअध्यक्ष प्रमोद रिजालसहित ११ जना आज डिस्चार्ज भएका छन् । वडा अध्यक्ष रिजाललाई साउन १९ गते कोरोना भाइरस संक्रमण पुष्टि भएपछि बाँकेको कोरोना विशेष अस्पताल शुसिल कोइराला प्रखर क्यान्सर अस्पतालमा भर्ना भएका थिए । वडा अध्यक्ष सहित डिस्चार्ज हुनेमा नेपालगन्ज उपमहानगरपालिकाका अधिकृत समेत रहेका छन् ।

खजुरामा रहेको सुशील कोइराला प्रखर क्यानसर अस्पतालको आइसोलेसनबाट अध्यक्ष रिजालसहित तीन जना, आर्दशनगर आइसोलेसन सेन्टरबाट पनि तीन र लायन्स डेन्टल अस्पताल आइसोलेसनबाट पाँचजना डिस्चार्ज हुन लागेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

फोकल पर्सन श्रेष्ठका अनुसार आज डिस्चार्ज भएका बाँकेमा कोरोना भाइरस जितेर घर फर्किनेको संख्या ४ सय ५५ पुगेको छ । बाँकेमा कोरोना भाइरस संक्रमितको संख्या ७ सय ३० पुगेको छ ।

अहिले जिल्लाका विभिन्न आइसोलेसनमा बाँकेका दुई सय ७२ जना रहेको फोकल पर्सन श्रेष्ठले जानकारी दिनुभयो । अन्य जिल्लाका सात जना पनि बाँकेकै आइसोलेसनमा बसिरहेका छन् । यस्तै बाँकेमा कोरोनाबाट ३ जनाको ज्यान गैसकेको जिल्ला प्रशासन कार्यालय बाँकेले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV