१ भाद्र २०७७, सोमबार

काठमाडौं, १ भदाै । सत्तारूढ नेकपाकाे सचिवालय बैठक सम्पन्न भएसँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाइ बालुवाटार बाेलाइएकाे छ ।

अहिले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेसका सभापति  देउवाबीच छलफल भइरहेको छ । छलफलमा कांग्रेस केन्द्रीय सदस्य रमेश लेखक पनि सहभागी रहेकाे बताइएकाे छ ।

प्रधानमन्त्री ओलीले विभिन्न विषयमा छलफल गर्न बोलाएपछि सभापति देउवा बालुवाटार जानुभएको उहाँ निकट स्राेतले जनाएकाे छ । स्राेतका अनुसार संवैधानिक अंग तथा विश्वविद्यालयहरूमा रिक्त रहेका पदमा नियुक्तिलगायत समसामयिक विषयमा छलफल भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV