१ भाद्र २०७७, सोमबार
  • दानबहादुर बुढा

 मुगु,  ०१ भदौ । हिमाली जिल्ला मुगुमा पहिलो पटक पूर्ण रुपमा लकडाउन भएको छ । विश्वभरी महमारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाईरस कोभिड-१९ ले आक्रान्त भईरहेको अवस्था र छिमेकि जिल्ला जुम्लामा पनि दिनप्रतिदिन कोभिड-१९ को संक्रमण फैलिरहेकाले यसबाट बच्न तथा रोकथामको लागि सदरमुकाम गमगढी बजार पूर्ण रुपमा लकडाउन गरिएको जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ ।

कार्यालयका अनुसार गत साउन २७ गते जिल्ला संकट व्यवस्थापन केन्द्रको बसेको बैठकले गरको निर्णय अनुसार महामारीका रुपमा फैलिएको कोरोना रोकथामको लागि भाद्र १ गतेदेखि भदौ १५ गते दुई साता सम्मको लागि पूर्ण रुपमा लकडाउन गरिएकाले आज पहिलो दिन विहान १० बजे देखि सदरमुकाम गमगढी बजार पूर्ण रुपमा बन्द भएको प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाले बताउनुभयो ।

उहाँका अनुसार सदरमुकाम गमगढी लगायत जिल्लाका चार वटै स्थानीय तहमा जमघट भेला एक स्थानीयतह देखि अर्को स्थानीय तहमा आवात जावतमा रोक लगाइको छ । त्यस्तै हिन्दु नारीहरुको महान चाड हरितालिका तीज नजिकिँदै गर्दा तीजमा भेला नहुनका साथै स्थानीय चाडपर्वमा गोष्टी, सेमिनार तथा सभा सम्मेलन लगायतका सम्पूर्ण कार्य बन्द गर्न हुन प्रशासनले पत्रचार गरेको छ ।

यस्ता कार्य गरिएको पाइएमा सरकारको संक्रमण रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुसार कार्वाही गरिने समेत बताइएको छ । संकट व्यवस्थापन केन्द्रको साउन २७ गतेको बसेको निर्णयलाई कार्यान्ययन गराउनको लागि स्थानीय मुगाली बासिहरुले सहजै स्वीकारेका छन् । त्यस्तै अबज्ञ गर्नेलाई कारवाही तथा नियन्त्रण गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको मुगुका प्रहरी नायव उपरीक्षक भुवनेश्वर प्रसाद साहले बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV