१ भाद्र २०७७, सोमबार

सिन्धुपाल्चाेक, १ भदौ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका– २, लिदीमा गत शुक्रबार बिहान खसेको पहिरोमा परी हराइरहेकामध्ये थप दुई जनाको शव भेटिएको छ। यससँगै अहिलेसम्म उक्त पहिराेबाट २१ जनाकाे शव निकालिएकाे छ ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रमुख एवं प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनका अनुसार आज (सोमबार) बिहान पुरिएको अवस्थामा पाँच वर्षीय अजय दोङ र २२ वर्षीय छविलाल (अजय) दोङको शव फेला परेको हो ।

लिदीमा वस्तिमाथिबाट खसेकाे पहिरोले ३७ घर पुरिएका थिए । त्यहाँ ३९ जना पहिराेमा पुरिएर बेपत्ता भएकाेमा २१ जनाकाे शव फेला परेकाे र अझै १८ जना अझै बेपत्ता रहेकाे सिन्धुपाल्चाेक प्रहरीले जनाएको छ ।

 

LIVE TV