१ भाद्र २०७७, सोमबार

काठमाडौं, ०१ भदौ । म्यान्चेस्टर युनाइटेडलाई २-१ ले पराजित गर्दै सेभिया युरोपा कपकाे फाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा सुरुवाती गग्रता युनाइटेडले लिएपनि त्यसलाई निरन्तरता दिन नसक्दा नतिजा उल्टीएको थियाे ।

युनाइटेडका लागि पहिलो तथा एकमात्र गोल पेनाल्टी पाएको अवसराई सदुपयोग गर्दै खेलकाे साताैँ मिनेटमा ब्रुनो फर्नान्डेजले गरेका थिए । त्यस्पछि एक गोलले पछाडि परेको सेभियाले उत्कृष्ट प्रदर्शन गरेको थियो । निकै प्रतिस्पर्धात्मक बनेको खेलको २५ औं मिनेटमा सेभियाका सुसोले उत्कृष्ट गोल गर्दै खेल बराबरी ल्याए । त्यसपछि दोस्रो हाफमा म्यानचेस्टरले एकपछि अर्को आक्रमण गरेपनि गोल गर्न भने सकेको थिएन ।

त्यसपछि खेलको ७७ औं मिनेटमा सेभियाका लागि जेसन नेभासको क्रसलाई लुक डे जोङले अर्को उतकृष्ठ गोल गर्दै खेलको नतिजा आफ्नो पक्षमा पार्न सफल भए । सेभियाले अब फाइनलमा इन्टर मिलान र साख्तर डोनेस्कबीचको विजेतासँग खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV