३२ श्रावण २०७७, आईतवार
  • हरिशंकर शर्मा,

वीरगन्ज (पर्सा), ३२ साउन । वीरगन्जको नारायणी अस्पतालमा शनिबार राति मृत्यु भएका रौतहट निवासी एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । टीभीको विरामी रहेका रौतहट निवासी ३२ वर्षीय पुरुषको गएराति करिब ८ बजेको समयमा उपचारको क्रममा नारायणी अस्पतालमा मृत्यु भएको थियो ।

मृत्यु भएका पुरुषको गएराति नै स्वाब संकलन गरिएको भएपनि आइतबार आएको पीसीआर रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. उदयनारायण सिंहले जानकारी दिए ।

कोरोना संक्रमणबाट वीरगन्जको नारायणी अस्थायी कोभिड अस्पतालमा हालसम्म २७ जनाको मृत्य भइसकेको छ, भने संक्रमण पुष्टि हुनेको संख्या १२ सय नाघेको छ ।

मृत्यु हुनेमा पर्सा जिल्लाको मात्रै २१ जना, बाराका ४ जना तथा रौतहटका २ जना रहेका छन् । पर्सामा पछिल्लो समय कोरोना संक्रमण पुष्टि हुनेका साथै मृत्यु हुनेहरुको संख्यामा पनि वृद्धि भएको छ ।

LIVE TV