कोरोना कहालीले स्वदेश फर्किएका युवाहरुको सरकारले सहयोग गरे स्वदेशमै उद्यम गर्ने चाहना (भिडियो)



प्रकाशित मिति : Aug 16, 2020
  • दिलबहादुर सिंह,

डोटी, ३२ साउन । कोरोना भाइरसले उत्पन्न गरेका समस्या एकातिर छन् । तर, यसले विदेशमा रोजगार गुमाएर वा छोडेर स्वदेश फर्केका युवा परिचालन गर्ने अवसर समेत नेपाललाई प्राप्त भएको छ ।

उनीहरूले सिकेका सिप क्षमताको सदुपयोग गर्ने अवसर मिलेको छ । र, फर्किएकाहरु पनि सरकारले केही सहयोग गरे स्वदेशमै काम गर्ने मनस्थिति बनाइरहेका छन् ।

कोरोना संक्रमणको त्रासपछि जेठ महिना यता डोटीमा २० हजार भन्दा बढी युवा भारतबाट घर फर्किए । भारतमा होटल, चौकीदारी, यातायात लगायतका क्षेत्रमा काम गर्ने युवाहरु गाउँ त आएका छन् तर उनीहरु यति बेला बेरोजगारी भएका छन् ।

त्यसैले स्थानीय सरकारले सहयोग गरे कृषि र पशुपालन गरेर भए पनि गाउँमै केही गर्ने उनीहरुको चाहना छ । विदेशमा सिकेको सीप र अनुभव सदुपयोग गर्दै उनीहरु स्वदेशमै काम गर्न चाहन्छन् । रोगजारीको खोजीमा विदेशमा भौतारिनु पर्ने बाध्यता भोगेका युवाहरु अहिले आफ्नै घर आगनमा केही गरौ भन्ने जोसको साथ सरकारको सहयोग खोजिरहेका छन् ।

कतिपय जिल्लाका स्थानीय तहले यस्ता युवाहरुलाई स्थानीय स्तरमै रोजगारी सृजना गर्ने विभिन्न कार्यक्रम पनि ल्याएका छन् । क्षमता, योग्यता र सीप अनुसार रोजगारी दिने हो यस्ता युवाहरुको श्रमले गाउँ सिंगारीने कुरामा जनप्रतिनिधिको पनि दुई मत छैन । तर त्यस अनुसारको योजना बनाउँन भने आवश्यक छ ।

भारतबाट फर्किएका कतिपय युवाहरुले सानो सानो लगानीमा आफ्नै उद्यम सुरु गरेका छन् । तर लगानी गर्न नसक्ने युवा भने सरकारी सहयोगको अपेक्षा गरिरहेका छन् । यस्ता युवालाई ‘होस्टेमा हैस्टे’ दिन सके रोजगारी मात्र होइन गाउँको मुहार पनि फेर्न सकिन्छ । त्यसैले यो विपद्लाई अवसरको रुपमा पनि सदुपयो गर्ने विषयमा पनि सोच्ने हो कि ?


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com