३२ श्रावण २०७७, आईतवार
  • निमेन्द्र शाही,

बाजुरा, ३२ साउन । बाजुराको उत्तरपूर्वी क्षेत्रमा खाद्यान्न अभाव हुन थालेको छ । खाद्य व्यवस्थापन तथा व्यापार कम्पनीले कोटा अनुसारको खाद्यान्न ढुवानी नगर्दा खाद्यान्न अभाव भएको हो ।

कोरोना भाइरसको संक्रमणको त्राससंगै शहरबाट फर्किएर गाउँमा बस्नेहरु बढेपछि थप खाद्यान्न अभाव भएको हो । स्थानीय उत्पादनले तीन महिना मात्र खान पुग्ने बाजुरामा हरेक वर्ष ११ हजार मेट्रिक टन खाद्यान्नको अभाव हुने गरेको छ ।

कोरानाको कारण गाउँमा बस्नेहरु बढेपछि थप खाद्यान्न अभाव भएको हो । कुल भूभागको ९.२१ प्रतिशत खेतीयोग्य जमिन रहेको बाजुरामा हरेक वर्ष खाद्यान्न आयात गर्नु पर्ने अवस्था छ ।

गत वर्ष सात हजार कुइटल चामल ढुवानी गर्नु पर्नेमा ठेकेदार कम्पनीले दुई हजार पाच सय कुइन्टल कम चमल ढुवानी गरेको छ । वाली सप्रदा पनि बाजुरामा ११ हजार मेट्रिक टन खाद्यान्नको अपुग हुँने गरेको छ ।

अहिले खाद्य डिपो र बजारमा समेत चामल पाउन छाडेपछि स्थानीयलाई भोकै परिएला भन्ने चिन्ताले सताउन थालेको छ । पहिरोले पुल र सडक समेत भत्किदा खाद्यान्न ढुवानीमा समेत समस्या भएको छ ।

खाद्यान्न उपलब्ध गराउन आग्रह गर्दै अहिले दैनिक खाद्य ब्यवस्था तथा ब्यापार कम्पनीमा स्थानीयहरु पुग्ने गरेका छन् । जिल्लामा खाद्यान्नको अभाव भएपछि हवाई मार्गबाट चामल ढुवानी गर्न स्थानीयले आग्रह गरेका छन् । हरेक वर्ष कोटा अनुसारको चामल ढुवानी नहुँदा बाजुरामा खाद्यान्न अभाव हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV