३२ श्रावण २०७७, आईतवार
  • मनिराज पाण्डे,

कालिकोट, ३२ साउन । सुर्खेतमा कोरोना संक्रमित बढ्दै गएकाले स्थानीय प्रशासनले भदौ १ गतेदेखि सुर्खेतको बिरेन्द्रनगर नगरपालिकामा निषेधाज्ञा जारी गरेको छ ।

१ गते बिहान ६ बजेदेखि ५ गते बेलुकी १२ बजेसम्मका लागि अतिआवश्यकीय कार्य बाहेक अन्य कार्य गर्न नहुने गरी निषेधाज्ञा जारी गरिएको हो ।

कोरोना संक्रमण बढ्दै गएको, सरकारी कार्यालयमा समेत दैनिक कामकाजमा आउनेको संख्या बढ्दै गएको र भदौ ५ गते तीज परेकाले बजारमा आवतजावत बढ्न सक्ने अवस्थालाइ मध्यनजर गरी भोलिबाट लागू हुने गरी निषेधाज्ञा जारी गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV