
काठमाडौं, ३२ साउन। काठमाडौं महानगरपालिकाको वडा नम्बर १० मा धेरै जनामा कोरोना भाइरसको संक्रमण देखिन थालेपछि सबै फुटपाथ पसल र गाडामा तरकारी ब्रिक्री वितरण गर्ने व्यवसाय बन्द गरिने भएको छ ।धेरै जनामा कोरोना पोजेटिभ देखिएपछि वडा कार्यालयले सूचना निकालेर वडा नम्बर १० भित्र फुटपाथ पसल सञ्चालन गर्न, कवाडी संकलनलगायतको व्यवसाय बन्द गरेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिअनुसार मठमन्दिरमा नित्य पूजाबाहेकका पूजापाठ गर्न, चियापसल, पानपसल, मदिरा भट्टी, जिम हल, पार्टी प्यालेस, सैलुन, ब्युटी पार्लर लगायतका भिडभाड हुने स्थानहरु बन्द गरिनेछ ।
अर्को सूचना प्रकाशित नभएसम्मका लागि वडाले कोरोना रोकथमका लागि भिडभाड रोक्न यो निर्णय लिएको हो ।