३२ श्रावण २०७७, आईतवार
  • केदार शर्मा

चितवन, ३२ साउन । चितवन मेडिकल कलेजले कोरोनाको पीसीआर परिक्षण गर्न पाउने अनुमति पाएको छ ।मेडिकल कलेजलाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले कलेजलाई प्रयोगशाला सञ्चालनको अनुमति दिएकोसँगै अब कोरोना परीक्षण चितवन मेडिकल कलेजमा हुने कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा. डा. हरिशचन्द्र न्यौपानेले जानकारी दिए ।

न्यौपानेका अनुसार मेडिकल कलेजमा आगामी मङ्गलबारसम्ममा प्रयोगशाला सञ्चालनमा आउने छ । भरतपुर अस्पतालले सञ्चालन गरेको कोभिड–१९ प्रयोगशालामा स्वास्थ्य मन्त्रालयले निर्देशन गरेका सम्भावित सङ्क्रमितको मात्र निःशुल्क परीक्षण गरिँदै आएको छ ।

जिल्लामा निजी खर्चमा पीसीआर परीक्षण गर्ने प्रयोगशाला अबस्थामा मेडिकल कलेजले गरेको परीक्षणमा भनेप्रति नमुना ६ हजार ५० रुपैया शुल्क तय गरिएको छ । कलेजले भित्र्याइएको पीसीआर मेसिन मार्फत ६ घण्टामा ४०० जनाको नमूना परीक्षण गर्न सकिने न्यौपानेको भनाइ छ ।

भरतपुर अस्पतालको प्रयोगशालामा मन्त्रालयको निर्देशिका बाहेककाले परीक्षण गर्न नपाउने भएपछि आफैँ शुल्क तिरेर परीक्षण गर्न चाहनेले अवसर पाएका थिएनन् । निजीस्तरबाट प्रयोगशाला सञ्चालनमा आएसँगै बिरामीले पैसा तिरेर परीक्षण गर्ने अवसर पाउने भएका हुन् । जिल्लामा दैनिक कोरोना सङ्क्रमण बढ्दैगएपछि नतिजा आउन एक सातासम्म कुर्नुपर्ने बाध्यता भने अब हट्ने छ ।

निजी क्षेत्रबाट प्रयोगशाला सञ्चालनमा आएसँगै सरकारी प्रयोगशालामा परीक्षणको चाप केही घट्ने अनुमान समेत गरिएको छ । मेडिकल कलेजले हाल सम्म प्रयोगशाला निर्माणमा रु पाँच करोड ४० लाख खर्च खर्च गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV