३२ श्रावण २०७७, आईतवार
  • तारा आचार्य,

विराटनगर, ३२ साउन । विराटनगर महानगरपालिका वडा नं. ३ पृथ्वी चोककी ८७ बर्षीया बृद्धाको गए शनिबार राति आफ्नै घरमा मृत्यु भएको छ । तर, उनको शव उठाउने छोरा मंगलबारदेखि कोरोना संक्रमण देखिएका कारण अइसोलेसनमा बसेका छन् ।

बद्धालाई पनि ज्वरो आउने भइरहेको थियो । छोरा आइसोलेसनमा गएपछि परिवारका सवैको पीसीआर टेष्ट गरेको हो । तर बुहारी र नातिको पोजेटिभ रिपोर्ट आयो भने मृतक बुद्धाको नेगेटिभ रिपोट आयो ।

छोरा आइसोलेसनमा उपचाररत रहेकै अवस्थामा आमाको शनिबार राति ९ बजेतिर आफ्नै घरमा मृत्यु भएको हो । आफुसंगै बसेकी बुहारीको रिपोट पोजेटिभ आएका कारण आफन्त नातागोता र छर छिमेकीहरु कोही पनि शव व्यवस्थापनमा जुटेनन् ।

विराटनगर महानगरपािलका, जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी कार्यालय मोरङको समन्वयमा थलाहा स्थित नेपाली सेनाले शव ब्यवस्थापन गरेको वडा नं. ३ का वाध्यक्ष विनोद वस्नेतले जानकारी दिनु भयो ।

उहाँले दुइपटक सम्म स्वाब परीक्षण गर्दा समेत बद्धाको रिपोट नेगेटिभ आएका कारण कोरोना संक्रमण नभएको बताउनु भयो । तर छोरा बुहारी र नातिलाई संक्रमण भए पछि डराएर छिमेकी र आफन्तहरुले बृद्धाको अन्तिम संस्कार गर्न नपुगेपछि नेपाली सेनालाई जिम्मा लगाइएको अध्यक्ष वस्नेतले बताउनु भयो ।

प्रदेश १ मा कोरोना संक्रमणबाट ज्यान गुमाउने पहिलो महिला

यसैगरी धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमित भएर मृत्यु भएकी विराटनगर महानगरपालिका वडा नं। २ की ५० बर्षीया महिलाको नेपाली सेनाले अन्तिम संस्कार गरेको छ ।

उनलाई शनिबार विराटनगर स्थित न्यूरो अस्पतालबाट वीपी कोइराता स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको थियो । न्यूरोमा उपचार गराइरहेकी उनको पीसीआर रिपोर्ट पोजेटिभ आएपछि थप उपचारको लागि धरान रिफर गरिएको थियो ।

मृतक महिलाको श्वासप्रश्वासमा समस्या अत्याधिक ज्वरो आएको र खोकी साथै फोक्सो र मुटुमा समस्या भएको सो प्रतिष्ठानले जनाएको छ ।

उपचारकै क्रममा उनको गए राति मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिनु भयो । धरान पुग्दा उनको स्वास्थ्यमा धेरै समस्या भइसकेको थियो र उपचार गर्दा गर्दै उनको मृत्यु भएको जनाइएको छ ।

नेपाली सेनाले कानेपोखरीको जंगलमा उनको अन्तिम संस्कार गरेको हो । प्रदेशमा कोरोनाको कारण ज्यान गुमाउने पहिलो महिला हुन । योसंगै विराटनगरमा भृत्यु हुनेको संख्या ७ पुगेको छ भने मोरङमा १० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV