३२ श्रावण २०७७, आईतवार

एजेन्सी, ३२ साउन । अष्ट्रेलियाका स्वास्थ्यमन्त्री ग्रेग हन्टले कोरोना भाइरस खोप अर्को वर्षमा बन्ने आशा व्यक्त गरेका छन् ।हन्टले अगाडि थपे, ‘सरकार त्यस्तो सम्झौता गर्न लागेको छ जस अन्तर्गत अष्ट्रेलियामा पनि खोप लिन सकिन्छ। यद्यपि करारका प्रतिबन्धका कारण उनले कम्पनीहरूको नाम भने लिएनन्।’

स्काई न्यूजसँग कुरा गर्दै हन्टले भने, ‘हामी खोपका सम्बन्धमा धेरै कम्पनीहरूसँग वार्ताको अन्तिम चरणमा छौं। उनले भने, ‘मैले पाएको सल्लाहको आधारमा, म खोपको बारेमा पहिले भन्दा बढी सकारात्मक छु। हामी खोप बनाउने दिशामा अगाडि बढिरहेका छौं।’

उनले खोप बनाउने दिशामा उल्लेखनीय प्रगति भएको उनले बताए। उनले भने, ‘हाम्रो सल्लाह हो  खोप २०२१ मा नै बनाइनेछ।’ यो अष्ट्रेलियाका लागि मात्र नभइ सम्पूर्ण विश्वको लागि नै शानदार परिणाम हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV