
- मनिराज पाण्डे,
कालिकोट, ३२ साउन । नरहरिनाथ ७ को उत्छव खोलाले बगाउदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । शनिबार बेलुकी आमाको बार्षिक पुन्यतिथिमा माइती गएकी ३३ वर्षीया देवा बोहोरालाई खोलाले बगाएको डीएसपी श्यामबाबु ओलीले बताउनु भयो ।
बोहोरासँगै उनकी १४ बर्षीया छोरी विपना बोहोरा, १ वर्षीया आकृति बोहोरा र ७ वर्षीय छोरा हेमन्त बोहोरालाई खोलाले बगाएको हो ।
हालसम्म कालिकोटमा बाढी पहिरो र खोलाले बगाउदा २८ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता भएका छन् ।