३२ श्रावण २०७७, आईतवार

एजेन्सी, ३२ साउन । दक्षिण अफ्रिकामा कोरोना भाइरसको संक्रमणलाई रोकथामका लागि लगाइएको मदिरा र सुर्तीजन्य बिक्रीको प्रतिबन्ध सोमबारबाट हटाइने भएको छ।राष्ट्रपति सिरिल रामाफुसा भन्छन्, ‘दक्षिण अफ्रिकामा कोरोना संक्रमणको सबै भन्दा खराब चरण खतम भएको र अवस्था सुधार हुँदैछ गएको संकेत पाएको छ।’

अब त्यहाँका धेरै प्रतिबन्धहरू समाप्त गरेको जनाइएको छ । रेस्टुरेन्ट, पब र अन्य व्यवसायिक संस्थानहरू अब खुल्ने बताइएको छ। यद्यपि दक्षिण अफ्रिकामा अझै अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्धित हुनेछ।

अफ्रिकी महाद्वीपमा कोरोना संक्रमण आधा दक्षिण अफ्रिकामा रहेको छ । दक्षिण अफ्रिकामा ५ लाख भन्दा बढी संक्रमणको रिपोर्ट गरिएको छ भने ११ हजार भन्दा बढी मानिसले कोरोनाबाट ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV